Breaking News

चितवनमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन असोज १२-

चितवनमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा आज (सोमबार) गरिएको परिक्षण गरिएका २३६ नमुना मध्ये १३ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिनुभएको छ ।

कोरोना पृष्टी भएका मध्ये भरतपुरका ४ जना रहेका छन । जसमध्ये एक जना पुरुष र ३ जना महिला रहेका छन ।

रत्ननगर नगरपालिकाका १ जना पुरुष छन भने खैरहनीका ३ पुरुष र एक  महिला  गरी चार जना रहेका छन ।

त्यस्तै कालिका नगरपालिकाका १ जना पुरुष र ३ जना महिला रहेको प्रमुख डा। अधिकारीले पुष्टि गर्नुभएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>