Breaking News

पछिल्लो २४ घण्टामा १३५१ जनामा कोरोना संक्रमण पुष्टि

Banner

काठमाडौं, असोज १२-

पछिल्लो २४ घण्टामा देशभर १३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यी सहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७४५ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ।

pokhara noodle
GOLDENGATE
bidh lab

यस दिन १० हजार ८० जनाकाे पिसिआर परीक्षण भएकाे छ।

सोमबार थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>