चितवन विशेष

चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

Banner

चितवन,असोज १२-

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायीक वनमा आज विहान बाघको आक्रमणबाट रत्ननगर नगरपालिका ६ बछ्यौलीका अन्दाजी ५५/६० बर्षिय बभना चौधरीको मृत्यु भएको हो । उनि निजी हात्तीलाई घाँस काट्न वनमा गएका थिए ।

शव घटनास्थलमा रहेको र मुचुल्का उठाउने काम भइरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता अशोक रामले जानकारी दिनुभयो ।घटना स्थलमा मृतक जरायो समेत भेटिएको छ । बाघले जरायोलाई खाँदै गर्दा चौधरी पनि सोही ठाँउमा पुगेकाले बाघले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

यस अघि गत शनिबार पश्चिम चितवनमा पनि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । आक्रमणपछि शव समेत नछाडेपछि डार्ट गरेर आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको थियो । उक्त बाघलाई निकुञ्जको कार्यालय कसरामा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>