चितवन विशेष
विपन्न परिवारसँग खुसी बाँड्दै जन्मदिन

चितवन, असोज ११-
चितवन ग्रिन लियो क्लबका संस्थापक अध्यक्ष इञ्जिनियर रोशन पौडेलले आफ्नो जन्मदिन भरतपुर महानगरपालिका–१७ रामपुरका विपन्न परिवारसँग मनाउनु भएको छ । जन्मदिनको अवसरमा शनिबार अध्यक्ष पौडेलले दुई विपन्न परिवार र ग्रिन लियोका पदाधिकारीहरु सँगै बसेर केक काट्नुका साथै विपन्न दुई परिवारलाई एक महिना पुग्ने खाद्यान्न, ओढ्ने र ओछ्याउने कपडा सहयोग गर्नुभयो ।
उहाँले जन्मदिनमा फजुल खर्च नगरेर दुई छाक खान पनि धौधौ हुने परिवारलाई सहयोग गरेको बताउनुभयो । सबैले आफ्नो जन्मदिनमा यसरी नै सहयोग गरे कोही पनि खान नपाएर तड्पिने अवस्था हुँदैन, उहाँले भन्नुभयो ।

लियो क्लबका सभापति विकास मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा लिओ डिस्ट्रिक्ट ३२५ बी २ का उपाध्यक्ष अनिश लामिछाने, चितवन ग्रिन लियोका दित्तिय उपाध्यक्ष सुवर्ण खरेल, चितवन ग्रिन लियोका सचिव पर्वत राना लगायतको उपस्थिति रहेको थियो ।
























