Breaking News
प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक
०

काठमाडौं, असोज ११-
प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। बैठक मध्याह्न १२ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका छन् ।
मन्त्रिपरिषद् एक दुई दिनभित्रै पुनर्गठन गर्ने विषयमा नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेका बेला मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले आजको बैठक पनि नियमितजस्तै भएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























