चितवन विशेष

भरतपुरको लंकुमा मन्दिर निर्माण सहयोगार्थ महायज्ञ सुरु

Banner

चितवन, असोज १०-

भरतपुर महानगरपालिका–४ लंकुमा विशेष वास्तुकलाले युक्त जीर्णोद्धारात्मक श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर नव निर्माणकार्यको सम्पूर्तिका लागि सहयोग जुटाउने महायज्ञ सुरु भएको छ ।

नेपालका विशिष्ट विद्वान सन्तमहात्माद्वारा प्रवचन हुने महायज्ञ कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा सञ्चार माध्यमबाट प्रवचन गर्न सकिने व्यवस्था गरिएको छ । विश्व जनजागरणात्मक एकमासव्यापी श्रीमद्भागवद् ज्ञान महायज्ञ–२०७७ को शनिबार उद्घाटन भएको छ । मन्दिर सञ्चालक समितिका सचिव कमलयन कँडेलको स्वागत मन्तव्यसँगै सुरुवात भएको कार्यक्रममा देवघाट हरिहर सन्न्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज एवम् महायज्ञका प्रधान व्यवस्थापक ईश्वरकृष्ण महाराजलगायतका महानुभावले मन्दिर निर्माण कार्यक्रममा सबैले सहयोग गरी मानव जीवनलाई धन्य बनाउन आह्वान गर्नुभयो। कार्यक्रममा निम्बार्क दर्शन केन्द्र, गैंडाकोटका पीठाधीश हरिशरण उपाध्याय, गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेल, नव मन्दिर निर्माण आर्थिक समितिका संयोजक चेतनारायण सापकोटालगायतले बोल्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>