Breaking News

चितवनमा मृत्यु पश्चात एक व्यक्तिमा कोरोना पुष्टि

Banner

चितवन, असोज १०–

चितवनमा मृत्यु पश्चात एक व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति ११ बजे मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका–९ का ३० वर्षीय पुरुषमा आज (शनिबार) कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मिर्गौलाको दिर्घरोग र श्वासप्रश्वासको समस्या भई हिजो मात्रै ती पुरुष अस्पताल भर्ना भएका थिए ।

योसंगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । जसमध्ये चितवनका १८ जना, मकवानपुरका ७ जना, नवलपरासी पूर्वका ५ जना, कैलालीका २ जना, तनहुँ, रौतहट, सर्लाही, गोरखा र बाराका एक÷एक जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>