Breaking News
चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु
०

चितवन, असोज १०–
चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ निवासी ७४ वर्षीय पुरुषको आज (शनिबार) विहान १२ः१८ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
श्वासप्रश्वास तथा निमोनियाको समस्या भई असोज ३ गते अस्पताल भर्ना भएका थिए । उनमा असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको थियो ।
योसंगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























