Breaking News

पुरानो मेडिकल कलेजमा मृत्यु भएका बाराका पुरुषमा कोरोना संक्रमण

Banner

चितवन, असोज ८–

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा हिजो (बुधबार) मृत्यु भएका बारा कलैया नगरपालिका–१० का ७७ वर्षीय पुरुषमा आज (बिहीबार) कोरोना संक्रमण पुष्टि भएको हो ।

ज्वरो र निमोनिया भएर असोज ३ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । उनको बुधबार दिउँसो ३ः३० बजे मृत्यु भएको थियो । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

यसअघि आजै विहान चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत तनहुँको आबुखैरेनी नगरपालिका–३ निवासी ३९ वर्षीय पुरुषको आज (विहीबार) विहान १२ः५५ बजेको समयमा मृत्यु भएको थियो ।

योसंगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । जसमध्ये चितवनका १८ जना, मकवानपुरका ६ जना, नवलपरासी पूर्वका ५ जना, बाराका २, तनहुँ, रौतहट, सर्लाही, गोरखा र कैलाली एक/एक जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>