चितवन विशेष
चितवनका संस्थापक कम्युनिष्ट नेता जगत बहादुर श्रेष्ठको निधन

भरतपुर,असोज ८-
चितवनमा कम्युनिष्ट पार्टीका संस्थापक मध्यका एक जगत बहादुर श्रेष्ठको निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत उहाँको आज अपरान्ह सवा ४ बजे ९२ बर्षको उमेरमा निधन भएको पत्रकार शान्ता अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उहाँ नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी विचार निष्ठा र आदर्शको धरोहरका रुपमा रहनुभएको थियो ।
उहाँ पछिल्लो समय बैध नेतृत्वको क्रान्तिकारी माओवादीको केन्द्रिय सल्लाहाकार सदस्यको रुपमा रहनुभएको थियो । उहाँलाई भेट्न चार दिन अघिमात्रै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन आउनुभएको थियो । अध्यक्ष दाहाल सहभागी हुने जिल्लाका कार्यक्रममा पनि श्रेष्ठ आउने गर्नुहुन्थ्यो । गोरखा जिल्लामा १९८६ सालमा जन्मनुभएका श्रेष्ठका तीन छोरा छन । जसमध्य दुई जना अमेरिका र एक जना नेपालमा छन ।
























