चितवन विशेष
चितवनको कालिका मिडियाको वार्षिकोत्सवका कार्यक्रम सुरु

भरतपुर, असोज ८-
चितवनको भरतपुरमा रहेको कालिका एफएमको १८ औं तथा कालिका एचडीको छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजित महिनाव्यापी कार्यक्रमहरु सुरु भएका छन् । आज (बिहीबार) देवघाट स्थित समाज कल्याण केन्द्र (वृद्धाश्रम) मा रहेका जेष्ठ नागरिकसँग आशिर्वाद लिएर कार्यक्रम सुरु गरिएको छ ।
वृद्धवृद्धालाई सम्मान कार्यक्रममा कालिका मिडियाका निर्देशक दिपक पौडेलले सामाजिक उत्तरदायित्व बहन गर्दै कालिका मिडियाले वार्षिकोत्सव मनाउन लागेकोे बताउनुभयो । कोभिड–१९ को महामारिमा यस वर्ष कालिका मिडियाले केही पृथक कार्यक्रम अनलाइन मार्फत गर्दै वार्षिकोत्सव मनाउँदै छ । देवघाट स्थित सो आश्रममा ३५ जना आमाबुबाले आश्रय लिइरहेका छन् । एक दिनको विशेष खाना र मास्क सहयोग गरिएको छ । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जेष्ठ नागरिकलाई खुशी बनाएर वार्षिकोत्सवका कार्यक्रम सुरु गर्ने कार्यलार्ई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्नुभयो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले कालिका मिडियाले जनचासोका विषयलाई उजागर गर्दै आएको बताउनुभयो ।
समितिका कार्यकारी निर्देशक तथा वृद्धाश्रमका अध्यक्ष धीरणबाबु घिमिरेले कालिका मिडियाले मानवसेवालाई विशेष प्राथमिकता दिदै आएको बताउनुभयो । भोलि (शुक्रबार) ११ बजे कृषिमा आधुनिकीकरण र अवसर विषयक अन्र्तक्रिया कार्यक्रम हुदैछ । आज(बिहीबार) देखिनै कालिकाको चौतारीमा कलाकार, श्रोता र दर्शक कार्यक्रम सुरु भएका छन् । १० गते अपांगताका भएका व्यक्तिबीच वादविवाद प्रतियोगिता, १२ गते वर्तमान अवस्थामा शिक्षा क्षेत्रमा चुनौती, समसइा विषयक अन्र्तक्रिया, १४ गते बढ्दै गएको एसीड आक्रमण र सरोकारवालाको भूमिका विषयक अन्र्तक्रिया, १६ गते कालिकासँगका यादहरु कार्यक्रम हुनेछन् ।
१७ गते अन्र्तराष्ट्रिय साहित्यिक सम्मेलन,, १९ गते कोभिड–१९ र स्वास्थ्यकर्मीको अनुभव तथा बृहत अन्र्तक्रिया, २१ गते अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, २४ गते लोकगीत गायन प्रतियोगिता हुनेछन् । कालिका मिडियाको वार्षिकोत्सवका कार्यक्रम यही असोज २६ गते समापन हुनेछन् । कालिका एफएम २०५९ असोज २६ गते, सांगितिक रेडियो कालिका ९१ मेगाहर्ज २०६४ साल, कालिका एचडी टेलिभिजन २०७१ सालदेखि सञ्चालनमा छन् । कालिकाको न्यूज पोर्टल कालिका न्यूज डटकम पनि रहेको छ ।























