Breaking News
नारायणी नदीले खतराको तह नाघ्यो, चितवनमा पछिल्लो तीन घण्टामा २५.२ मिलिमिटर वर्षा
०

चितवन, असोज ८–
नाराययणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । देशभर नै निरन्तर वर्षा भएपछि नारायणीको बहाब बढ्दै गएको हो । जल तथा मौसम विभागका अनुसार नारायणी नदी देवघाट क्षेत्रमा खतराको तह पार गरेको छ ।
देवघाट क्षेत्रतर्फ पानीको सतह ८.११ मिटर पुगेको छ । यहाँ पानीको सतह ८ मिटर पुगेमा खतराको तह पार गरेको मानिन्छ । यस्तै पुल तर्फ नारायणी नदीमा पानीको सहत ११.३ मिटर पुगेको छ । यहाँ ११ मिटर सतह पुगेमा सतर्कता तह नाघेको मानिन्छ ।
निरन्तर वर्षासंगै बाढीको संभावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई चितवन प्रशासनले सतर्क रहन अनुरोध गरेको छ ।
यस्तै चितवनमा पछिल्लो एक घण्टामा ४.८ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पछिल्लो तीन घण्टामा २५ मिलिमिटर र २४ घण्टामा १५०.६ मिलिमिटर वर्षा भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























