Breaking News
चितवन मेडिकल कलेजमा तनहुँका कोरोना संक्रमितको मृत्यु
०

चितवन, असोज ८–
चितवन कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत तनहुँको आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको आज (बिहीबार) विहान १२ः५५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती पुरुष भदौ २९ गते डायलाइसिस गर्नका लागि चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उनमा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । तत्काल उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको थियो ।
योसंगै चितवनमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । जसमध्ये चितवनका मात्रै भने १८ जना रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























