Breaking News

चितवनको चारकिलोमा पहिरो, नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध

Banner

चितवन,असोज ७-

लगातारको झरीसंगै पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । इच्छाकामना गाँउपालिका ६ चारकिलोमा आज अपरान्ह ४ः५० बजे पहिरो खसेर सडक अबरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कन्चन तामाङले जानकारी दिनुभयो । उहाँले पानी निरन्तर परिरहेकाले तत्काल पहिरो पन्छाउन कठिन रहेको बताउनुभयो । पहिरो पन्छाउन डोजर त्यसतर्फ पठाइएको तामाङले जानकारी दिनुभयो ।

सडक अबरुद्ध भएसंगै गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन । यसबर्ष मात्रै सो सडकखण्डमा दर्जनौ पटक पहिरोले सडक अबरुद्ध भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>