Breaking News

कोरोना संक्रमित भई शंकास्पद मृत्यु भएका जैसवालको पोस्टमार्टम गर्ने सरकारको निर्णय

Banner

काठमाडौँ, असोज ७–

कोरोना संक्रमित भई गत शनिबार वीर अस्पतालमा मृत्यु भएका एक कैदीको शव पोष्टमार्टम गरिने भएको छ।

केन्द्रीय कारागारमा जेल सजाय काटिरहेका शनिबार राति शंकास्पद मृत्यु भएपछि आफन्तहरुको विरोधपछि सरकारले उक्त शवको पोस्टमार्टम गर्ने भएको छ। चर्को विवादपछि गृहले उनको पोस्टमार्टम गर्ने निर्णय गरेको हो।

मृतकका आफन्तले हत्या र अङ्ग झिकिएको आरोप लगाउँदै पोस्टमार्टमको माग गरेका थिए ।

मृतक ६३ वर्षीय रामलखन जैसवालको आँखा झिकिएको र शरिरको विभिन्न भागमा चोट रहेको उनकी छोरी रश्मी जैसवाललगायत आफन्तले दाबी गरेका छन् । मंगलबार बिहान उनीहरुले वीर अस्पतालअघि प्रदर्शन पनि गरेका छन्।

वीर अस्पताल र कारागार व्यवस्थापन विभागले बुधबार गृह मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनको उपचारकै क्रममा ज्यान गएको बताएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>