मकवानपुर

मकवानपुरमा गुडिरहेको जिप पहिरोले पुरिँदा…..

Banner

हेटौंडा,असोज ६ –

भीमफेदी–कुलेखानी सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–२ देउराली नजिक जिप पुरिँदा एक जनाको मृत्यु भएको छ । सडकमा गुडिरहँदा माथिबाट खसेको पहिरोले जिप पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार मृतक बारा पर्सौनी–४, का ४० वर्षीय युनिश अन्सारी हुन् । उनको घटनास्थलमै मृत्यु भएको रानाले जानकारी दिए । जिपमा चालक मात्र रहेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

बुधबार बिहान करिब १० बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कार्पियो जिपमाथि ढुंगासहितको पहिरो खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>