देश/प्रदेश

सुनको मूल्यमा निरन्तर गिरावट : प्रतितोला ९४ हजार ३००

Banner

चितवन, असोज ७-

सुनको मूल्य लगातार ओह्रालो लाग्दै चार दिनमा दुई हजार ७०० रूपैयाँ घटेको छ । अघिल्लो दिनभन्दा एक हजार ७०० ले घटेको सुनको मूल्यमा बुधबार पनि एक हजार २०० रूपैयाँको गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका कारोबार मूल्य प्रतितोला ९४ हजार ३०० रूपैयाँ निर्धारण भएको छ। एकैदिन एक हजार ७०० घट्दा मंगलबार प्रतितोला ९५ हजार ५०० रुपैयाँ भएको थियो। साताको पहिलो दिन गत आइतबार प्रतितोला ९७ हजार रूपैयाँ प्रतितोला थियो भने सोमबार सामान्य बढ्दै ९७ हजार २०० पुगेको थियो।

कोरोना संक्रमण विश्वव्यापी हुँदै जाँदा सुनको भाउ लगातार बढ्दै प्रतितोला एक लाख नाघेको थियो। प्रभावित रहेको अन्तर्राष्ट्रिय बजारमा क्रमिक सुधार आएसँगै पुनः मूल्य घट्न थालेको हो। त्यस्तै, चाँदीको मूल्यमा पनि पुनः गिरावट आएको छ । अघिल्लो दिनको भन्दा ४० रूपैयाँ घटेर चाँदी प्रतितोला एक हजार १९० रूपैयाँ भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>