चितवन विशेष
चितवन समाज भिक्टोरियाद्वारा दिवा स्याहार केन्द्रलाई सहयोग
०

चितवन, असोज ७-
भरतपुर महानगरपालिका–२६ मा सञ्चालित दिवा स्याहार केन्द्रमा रहेका बालबालिकाहरुको लागि चितवन समाज भिक्टोरियाले सहयोग गरेको छ ।
मस्तिष्क पक्षाघातको लागि अभिभावक स्वावलम्बन समूहद्वारा सञ्चालित स्याहार केन्द्रमा सेवाको लागि कत्ति पनि कठिनाइ उत्पन्न नहोस् भनेर चितवन समाज भिक्टोरियाले सो सहयोग गरेको हो ।
समाजले दिवा स्याहार केन्द्रलाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको संस्थाका अध्यक्ष लक्ष्मीकान्त घिमिरेले बताउनु भयो । उक्त कार्यक्रममा चितवन समाज भिक्टोरियाका प्रतिनिधि लेखनाथ अधिकारी, हरिमाया अधिकारी तथा संस्थाकी सञ्चालिका हरिकला भुसालले संस्थाले गरेमा कार्यहरुको बारेमा बताउनु भयो।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























