चितवन विशेष
काठमाडौंबाट चितवनका लागि गुड्न थाले पर्यटक बस
०

चितवन,असोज ६-
सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटक बसले सेवा थालेका छन् । चितवनका लागि दैनिक पर्यटक बस सेवा सुरु गरिएको टुरिष्ट बस एसोसिएसन (टिबान) ले जनाएको छ । झण्डै ९ महिनासम्म थन्किएको बस खासै यात्रु नभए पनि सरकारको निर्णय अनुसार सञ्चालन गरिएको टिबानका अध्यक्ष इश्वर शर्माले जानकारी दिए । ‘बसको स्यानिटाइजेसन, यात्रुको सामाजिक दुरी, ज्वारो मापनसहितको उच्च स्वास्थ्य सुरक्षासहित सेवा थालिएको छ,’ अध्यक्ष शर्माले भने ।
यात्रुको चाप नभएका कारण हाललाई पोखराका लागि दैनिक दुई र चितवनका लागि एउटा मात्रै बस सञ्चालनमा ल्याइएको उनले बताए । पोखरा र चितवनबाट पनि काठमाडौंका लागि पनि सोही संख्या बस छुट्ने गरेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























