चितवन विशेष

संविधान दिवसमा चितवनका व्यवसायी सुवेदी जनसेवा श्री पाँचौबाट सम्मानित

Banner

चितवन, असोज ६ –

चितवनका व्यवसायी रामप्रसाद सुवेदीलाई संविधान दिवसको दिन सरकारले सम्मानित गरेको छ । पाँचौ संविधान दिवसको दिन उहाँलाई जनसेवा श्री पाँचौ पदकबाट सम्मानित गर्ने सरकारले घोषणा गरेको हो । यो सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने कार्यक्रम रहेको छ । सम्मान पाउने घोषणा भए पछि सुवेदीले भन्नुभयो ‘निरन्तर सेवा गर्दै गयौं भने एक दिन अवश्य मूल्याङ्कन हुनेछ ।’आफूले गरेको सेवाको राज्यले मूल्याङ्कन गरेको उहाँले बताउनुभयो ।

राज्य र राज्यका बिभिन्न निकायबाट पटक पटक सम्मान र पदक पाउँदै आइ राख्नु भएको छ । विसं २०१६ सालमा बाग्लुङमा पिता भानुभक्त र माता देवकुमारीका जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएका सुवेदी पेसाले एक प्रतिष्ठित व्यवसायी हुनुहुन्छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको उपाध्यक्ष, राम मिष्ठान्न भण्डार र श्रीराम पार्टी प्यालेसका सञ्चालक सुवेदी विभिन्न पटक राज्यबाट र राज्यका निकायबाट सम्मानित हुनु भएको छ । कक्षा ६ मात्र अध्ययन गरी व्यवसायमा लागेर आफूलाई स्थापित गर्नु भएका सुवेदी व्यवसायिक क्षेत्रमा अव्वल बनाउनु भएको छ ।

विसं. २०५२ सालमा तत्कालीन राजा वीरेन्द्र विरबिक्रम शाहबाट गोरखा दक्षिणबाहु चौथौ पदकबाट सम्मानित हुनु सुरु गर्नुभएको उहाँको यात्रा आज सम्म आई पुग्दा झण्डै आठ वटा पदकले सम्मानित भई सक्नु भएको छ ।

५४ औं प्रहरी दिवसमा रमेशचन्द ठकुरीद्धारा सम्मानित, ६४ औं प्रहरी दिवसमा सर्वेन्द्र खनालद्वारा सम्मानित, तत्कालिन गृह मन्त्री भीम रावलका समयमा समाज सेवा पदकबाट विभूषित, तत्कालिन गृह मन्त्री बिमलेन्द्र निधिद्वारा समाज सेवा रत्न पदकबाट सुवेदी सम्मानित भई सक्नु भएको छ । विसं. २०७३ सालमा नेपाली सेनाबाट प्रधान सेनापति सम्मान पत्रद्धारा सेना दिवसको अवसरमा सम्मानित हुनु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>