Breaking News

क्यानद्धारा पुरुष र महिला क्रिकेट खेलाडीको वर्गिकरणः कुन खेलाडी कुन ग्रेडमा, कति पाउँछन तलब ? (विवरणसहित)

Banner

चितवन,असोज ६-

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले पुरुष र महिला खेलाडीको बर्गिकरण गर्दै एक बर्षका लागि सम्झौता गरेको छ । आज (मंगलबार) चितवनको भरतपुरमा बसेको बैठकले सो निर्णय गरेको हो । जसमा महिला खेलाडीहरुको पहिलो पटक बर्गिकरणसंगै सम्झौता गरिएको हो । उनिहरुलाई जनवरी २०२० देखिनै तलब उपलब्ध गराउने निर्णय गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

पुरुष खेलाडी तर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, सरद भेष्वाकर, करण केसी, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी र विनोद भण्डारी परेका छन । उनिहरुको मासिक तलब रु ५० हजार निर्धारण गरिएको छ । त्यस्तै सुसन भारी, सोमपाल कामी, आरिफ सेख र पवन सराफ ग्रेड ‘वि’ मा परेका छन । उनिहरुले मासिक रु ४० हजार पाउने क्यानले जनाएको छ ।

ग्रेड ‘सि’ मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहोरा र कमल सिंह ऐरी परेका छन । उनिहरको तलब मासिक ३० हजार तोकिएको छ ।

यस्तै महिलातर्फ पहिलोपटक खेलाडीको बर्गिकरण गरिएको छ । महिलाको ग्रेड ‘ए’ मा रुविना क्षेत्री, नेरी थापा, इन्दु वर्मा, सिता रानामगर र करुणा भण्डारी परेका छन् । उनिहरुको मासिक तलब १५ हजार तोकिएको छ । महिलाको ग्रेड ‘वि’ मा ज्योती पाण्डे, अप्सरी वेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनौजिया, काजोल श्रेष्ठ र सरिता मगर रहेका छन । उनिहरुको तलब १२ हजार तोकिएको क्यानले जनाएको छ ।

यस्तै ग्रेड ‘सि’ मा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी र सोनु खड्का, अन्जली चन्द र सोभा आले परेका छन । उनिहरुको तलब १० हजार तोकिएको छ ।

लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक चितवनमा बसेको हो । बैठकका लागि देशका विभिन्न जिल्लाबाट पदाधिकारी तथा सदस्यहरु चितवन आएका थिए । १९ जनाको बोर्डमा धेरै काठमाडौं बाहिरका छन । हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>