चितवन विशेष

सवारीसाधनको नम्बर प्लेट अंग्रेजीमा नराख्न माग

Banner

चितवन, असोज ६-

नेपाली विभाग वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले सवारी साधनमा नेपाली भाषा हटाएर अंग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयको विरोध गरेको छ ।

विभागीय प्रमुख प्रा. डा होमनाथ सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै सम्मानित सर्वाेच्च अदालत जस्तो निकायबाट सबैले बुझ्ने नेपाली भाषालाई हटाएर अंग्रेजीमा नै नम्बर प्लेट राख्न गरेको फैसला खेदजनक भएको जनाएको छ । विभागले यो कार्यलाई नेपाली भाषामाथिको हमला हो भन्ने ठहर पनि विज्ञप्तिमा गरेको छ ।

विज्ञप्तिमा न्यायिक दृष्टिकोणले नेपालको सर्वाेच्च अदालत नेपालको संविधान, नेपाली राष्ट्रियता, नेपाली जाति सबैको संरक्षक, आस्था र भरोसाको केन्द्र भएकोमा भाषाको बारेमा यस्तो फैसला गरेको भन्दै नेपाली भाषीहरु दुःखी भएको उल्लेख गरिएको छ । सवारी साधनको नम्बर प्लेट भनेको आम नेपालीले पढ्ने र बुझ्नुपर्ने सामग्री भएकोले उक्त साधनमा लेखिने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा नराखी नेपाली भाषा नै राख्न सर्वाेच्च अदालत, नेपाल सरकार तथा सम्वद्ध निकायप्रति विज्ञप्तिमा अपिल गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>