Breaking News

शिक्षण अस्पताल जान लागेका डा. केसीलाई चाहनाविपरित ट्रमा सेन्टर लगियो

Banner

काठमाडौं, असोज ६-

काठमाडौंमै अनसन बस्ने भनी सोमबार जुम्लाबाट आएका डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । केसीलाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जान नदिई नेसनल ट्रमा सेन्टर लगेको हो ।

डा. केसीलाई प्रहरीले उनको चाहनाविपरित जबर्जस्ती त्यसतर्फ लगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै जुम्लामा अनसन बसेका डा. केसी बुद्ध एयरको नियमित उडानमार्फत् नेपालगञ्जबाट काठमाडौं आएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>