Breaking News
पछिल्लो समय थपिँदै गरेका नयाँ संक्रमित मध्ये आधा भन्दा बढी काठमाडौँका

काठमाडौँ, असोज ६–
नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएको छ । पछिल्लो समय थपिँदै गरेका नयाँ संक्रमित मध्ये आधा भन्दा बढी संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले सर्वजनिक गर्दै आएको पछिल्लो १० दिनको तथ्याङ्क केलाउने हो भने १३ हजार ३ सय ५७ थपिएका नयाँ संक्रमितमध्ये ६ हजार ५ सय ८२ संक्रमित उपत्यकाका मात्रै रहेका छन् ।
सोमबार मात्रै देशभर १ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिँदै गर्दा उपत्यकामा मात्रै ६ सय ७४ जना थपिएका छन् ।
यस्तै, भदौ ४ गते देशभर १ हजार ३ सय २५ जना नयाँ संक्रमित थपिएका थिए भने उपत्यकाका मात्रै ७ सय ६७ जना थिए। भदौ ३ गते १ हजार २ सय ४ जना नयाँ संक्रमित मध्ये ७ सय ११ जना काठमाडौँका थिए । कुल संक्रमित मध्ये आधा भन्दा धेरै संक्रमित उपत्यकामा भेटिएका थिए ।
हालसम्म नेपालमा संक्रमितको संख्या ६५ हजार २ सया ७६ रहेको छ। संक्रमित भएका मध्ये संक्रमणमुक्त भएर घर फर्किनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ भने विभिन्न अस्पतालमा उचार भइरहेका सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ ।
यस्तै सोमबारसम्म कोरोना भाइरस संक्रमणका कारण ४ सय २७ जनाले ज्यान गुमाइसकेका छन् ।
























