Breaking News

नेपाली भूमि मिचेर चीनले बनायो ९ वटा भवन, ११ नम्बर पिलर पनि गाएव

Banner

काठमाडौं, असोज ६-

हुम्लामा नेपाली भूमि मिचेर चीनले ९ वटा भवन निर्माण गरेको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीले नाम्खा गाउँपालिका-६ को लाप्चामा आइतबार चिनियाँ पक्षसँगको छलफलमा चीनले उक्त क्षेत्र आफ्नै भएको दाबी गरेको छ ।

चीनले भवन निर्माण गरेको ललुङजमबाट कैलाश मानसरोवरको दूरदर्शन गर्न सकिन्छ । त्योभन्दा करिव १ किलोमिटर वरसम्म चीनले आफ्नो जमिन भएको दाबी गरेको छ ।

त्यस क्षेत्रमा नेपालले २०६६ सालमा सडक निर्माण समेत गरिसकेको छ। तर ११ नम्बर पिलर नै बेपत्ता भएका कारण कुन क्षेत्र कसको भन्ने एकिन गर्न नसकिएको हो । नेपालले अहिले चीनले भवन निर्माण गरेभन्दा साढे २ किलोमिटर परसम्म सडक निर्माण गरेको छ। त्यसबेला चिनियाँ सेना साढे २ किलोमिटर परै बस्थे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>