Breaking News

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक आजदेखि चितवनमा

Banner

चितवन, असोज ७-

नेपाल क्रिकेट संघ (क्यान)को नियमित बैठक आज (मंगलबार) चितवनमा बस्दै छ । लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । आज विहान ८ बजे बैठक बस्ने कार्यक्रम तय भएको संघका अध्यक्ष चतुरबहादुर चन्दले नारायणी अनलाइनलाई जानकारी दिए ।

यसपटकको बैठकमा सरकारले अनुमित दिएको खण्डमा प्रशिक्षण कार्यक्रमलाई कसरी अघि बढाउने र हाल सम्म भएका कार्य प्रगतिको समिक्षा र नयाँ योजनाहरु बनाइने अध्यक्ष चन्दनले नारायणी अनलाइनलाई बताए । उनले भने–‘धेरै एजेण्डा खासै छैन, समिक्षा गर्ने र भावी योजनालाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा नै छलफल गर्छौ ।’

कोरोना कहरपछि क्यानको यसरी बैठक बस्न सकेको थिएन । बैठकका लागि पदाधिकारी तथा सदस्यहरु चितवन आएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>