Breaking News

चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, असोज ५–

चितवनमा आज (सोमबार) थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २२ र बाराका एक जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा खैरहनी नगरपालिकाका १५ जना, भरतपुर महानगरपालिकाका ४ जना, रत्ननगर नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा खैरहनीका ७ महिने बालिका समेत रहेकी छिन् ।

यस्तै बाराको जितपुर–१५ का ६८ वर्षीय पुरुषको पनि संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>