Breaking News

चितवनमा सोमबार विहान दुई घण्टा विद्युत् अवरुद्ध हुने

Banner

चितवन, असोज ४–

चितवनमा भोलि (सोमबार) विहान दुई घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण हेटौंडा ग्रिड महाशाखाले चितवनमा विहान ७ देखि ९ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र, टाँडी वितरण केन्द्र र चनौली वितरण केन्द्रलाई पत्र पठाउँदै १३२/३३/११ केभि भरतपुर शव स्टेशन सटडाउन हुने जानकारी गराएको हो ।

हेटौंडा ग्रीड अन्तरगतको १३२ केभि बसबारको कण्डक्टर मर्मत गर्नु पर्ने भएकाले सोमबार विहान दुई घण्टा सटडाउन हुने महाशाखाका प्रमुख विक्रम कुमार अमात्यले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>