चितवन विशेष
उवासंघ अध्यक्ष श्रेष्ठ ‘जनसेवा श्री पदक’बाट विभूषित
०

चितवन, असोज ३–
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ नेपाल सरकारबाट प्रदान गरिने ‘जनसेवा श्री पदक’बाट विभूषित हुनु भएको छ । शनिबार संविधान दिवसको अवसरमा अध्यक्ष श्रेष्ठलाई सरकारले सो पदकबाट विभूषित गरेको हो ।
कोरोना भाइरस नियन्त्रण र अन्य विभिन्न कार्यमा निजी क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको भन्दै सरकारले श्रेष्ठलाई सो पदकबाट सम्मान गरेको हो । अध्यक्ष श्रेष्ठ एक सफल उद्यमी मात्र नभई समाजसेवी समेत हुनुहुन्छ । व्यवसायीका दुःख सुखमा मात्र नभई समस्यामा परेका नागरिकको सेवामा श्रेष्ठ खटिदै आइरहनु भएको छ ।
पदकबाट विभूषित भएपछि श्रेष्ठले सरकारले आफूले गरेको कार्यको मूल्यांकन गरेको भन्दै धन्यवाद ज्ञापन गर्नु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























