Breaking News

१२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४ सय ४७ निको भए

Banner

काठमाडौं, असोज ३-

नेपालमा पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४४७ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४५ हजार २६७ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>