Breaking News

कोरोनाविरुद्ध सरकारले गरेको काम उत्साहजनक : प्रधानमन्त्री

Banner

काठमाडौं, असोज ३-

कोरोना भाइरको महामारी नियन्त्रणमा सरकारले गरेको काम उत्साहजनक भएको प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन्।

संविधान दिवसको अवसरमा शनिबार बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

स‌ंविधान दिवसका अवसरमा शनिबार बिहान सै‌निक मञ्‍चमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले गरेका कामको समीक्षा गर्दै उनले सरकारको काम उराठलाग्दो नभई उत्साहजनक रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेबाट सार्वभौमसत्ताको सुरक्षाका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाएको बताए ।

प्रधानमन्त्री ओलीले कोरोनाको महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको बताए ।

उनले कोरोनाको महामारी पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको बताउँदै विकासको गति केही सुस्त भए पनि नरोकिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>