चितवन विशेष
चितवनमा पिकअप भ्यानको ठक्करबाट एकको मृत्यु
०

चितवन, असोज ३–
चितवनमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–६ पारसनगरस्थित गीतानगरबाट सिताराम चोकतर्फ गइरहेको लु १ च ४४३५ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आइरहेको प्रदेश २–०३–००६ प ७७६१ नम्बरको मोटरसाइकललाई आज (शनिबार) विहान ७ः०५ बजेको समयमा ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२३ बस्ने ३७ वर्षीय ज्योति दराई उपचारको क्रममा भरतपुर अस्पतालमा विहान ७ः३० बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























