Breaking News
चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
०

चितवन, असोज ३–
चितवनमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत रौतहटको चन्द्रपुर नगरपालिका–५ बस्ने ५१ वर्षकी महिलाको आज विहान ६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले नारायणी अनलाइनलाई जानकारी दिए ।
ती महिला भदौ २८ गते उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् । उनमा भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलामा उच्च रक्तचाप र थाइराइड सम्बन्धि समस्या थियो । उनी अस्पताल आएदेखि नै आइसीयूमा भर्ना भएकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























