Breaking News

चितवनमा थपिए पाँच नयाँ कोरोना संक्रमित

Banner

चितवन, असोज ३–

चितवनमा थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा रत्ननगर, खैरहनी र राप्तीका क्वारेन्टिनमा रहेका पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा रत्ननगर नगरपालिका–५ का २७ वर्षीय पुरुष रहेका छन् । यस्तै खैरहनी नगरपालिका वडा नं.४ र २ का ४३ र ३२ वर्षका दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै राप्ती नगरपालिका–६ का २४ वर्षीय पुरुष र २२ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

चितवनमा पछिल्लो दिन संक्रमितको संख्या बढ्दो अवस्थामा छ । जिल्लामा कुल संक्रमितको संख्या १५ सय नाघेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>