Breaking News

सेनाको कुटाईबाट मारिएका चेपाङको परिवारलाई (नेफिन आइसीसी)ले दियो एक लाख

Banner

चितवन, असोज २–

नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति (नेफिन आइसीसी)ले सेनाको कुटाइबाट ज्यान गुमाएका पूर्वीचितवन राप्ती नगरपालिकाका २४ वर्षीय राजकुमार चेपाङको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

आज (शुक्रबार) एक कार्यक्रमकाबीच राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामा, नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सुरवीर थापामगर, नेपाल चेपाङ संघ चितवनका सचिव इन्द्र चेपाङलगायतको उपस्थितिमा सो सहयोग रकम हस्तान्तरण गरिएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को समन्वयमा केन्द्रीय सदस्य राजु चौधरीको व्यवस्थापनमा सो रकम हस्तान्तरण गरिएको हो ।

सो क्रममा बोल्दै उपप्रमुख लामाले चेपाङ परिवारको दुःखमा नेफिन आइसीसीले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । उनले आफ्नो व्यक्तिगत तर्फबाट राजकुमारको घर निर्माण गरिदिएको भन्दै आफ्नोतर्फबाट सक्दो सहयोग रहेको बताए । उनले नगरपालिकाको तर्फबाट दिने भनिएको तीन लाख रुपैयाँ पनि आइतबार प्रदान गरिने जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले दिने भनिएको रकमका लागि पनि पहल भइरहेको उपप्रमुख लामाले बताए ।

चेपाङ परिवारमा परेको दुःखमा नेफिन आइसीसीले रकम संकलन गरी सहयोग गरेको नेफिन आइसीसीका संयोजक किसन राईले जानकारी दिएका छन् ।

गत साउन १ गते चितवन राष्ट्रिय निकुञ्जका सेनाको कुटपिटबाट गम्भीर घाइते भएका २४ वर्षीय चेपाङको साउन ८ गते उपचारकै क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो । उनको एक सातापछि मात्रै शव उठेको थियो ।

पीडित परिवार र प्रशासनबीच भएको छलफलले १० लाख क्षतिपूर्ति दिने सहमति भएको थियो । जसमा तीन लाख स्थानीय सरकारको तर्फबाट राप्ती नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जले ७ लाख दिने सहमति भएको थियो । नगरपालिकाले आइतबार सो रकम प्रदान गर्दैछ भने निकुञ्जले एक लाख बाहेक अन्य रकम दिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>