Breaking News

चितवनमा कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो

Banner

चितवन, असोज २–

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १५ सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार दिउँसोसम्ममा संक्रमितको संख्या एक हजार पाँच सय १४ पुगेको छ ।

जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा संक्रमित रहेका छन् । यहाँ कुल संक्रमितको संख्या ९९२ पुगेको छ । जसमध्ये ७०७ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने २७५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

त्यस्तै रत्ननगर नगरपालिकामा संक्रमितको संख्या १८८ पुगेको छ । जसमध्ये १३४ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै राप्ती नगरपालिकामा संक्रमितको संख्या १२३ पुगेको छ । जसमध्ये ४६ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ७५ जना निको भएर घर फर्किएका छन् ।

यसैगरि खैरहनी नगरपालिकामा संक्रमितको संख्या ८८ पुगेको छ । जसमध्ये ५८ जना आइसोलेसनमा रहेका छन् भने २८ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै माडी नगरपालिका र कालिका नगरपालिकामा संक्रमितको संख्या ५५ पुगेको छ ।

यस्तै इच्छाकामना गाउँपालिकामा संक्रमितको संख्या १३ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>