Breaking News

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

Banner

चितवन,असोज २-

चितवनको भरतपुर अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सर्लाही हरिहर गाँउपालिकाका ५५ बर्षिय पुरुषको आज विहान १० बजे मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

किड्नी फेल भई डायलायसिस भइरहेको उनको भदौ १८ गते कोरोना पुष्टि भएको थियो । उनलाई खोकी र स्वासप्रश्वासको समेत समस्या देखिएको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि २३ गते कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो । उनको नियमित डायलायसिस समेत गरेको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालमा मात्रै कोरोनाका कारण १३ जनाको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>