Breaking News

चितवनमा एकैदिन २१२ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, असोज २–

चितवनमा एकैदिन २१२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा २०४ र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेज ल्याबमा सोही अस्पतालबाट लिइएको स्वाब र भरतपुर अस्पतालले पठाएको स्वाब गरी ६५३ वटा नमुना बिहीबार परीक्षण गरिएको थियो ।

जसमध्ये चितवन मेडिकल कलेजबाट स्वाब दिएका मध्ये ३७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै भरतपुर अस्पतालले पठाएको स्वाब मध्ये १६७ जनामा संक्रमण पुष्टि भएको छ । भरतपुरबाट पठाएको स्वाब केही पुराना संक्रमित व्यक्ति समेत रहेको र उनीहरुको पनि पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

यस्तै भरतपुर अस्पताल कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा सबै चितवनकै ८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये भरतपुर महानगरपालिकाका २, खैरहनी नगरपालिकाका १ र राप्ती नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ । राप्तीका पाँचै जना संक्रमित सशस्त्र प्रहरी बल भण्डाराका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>