चितवन विशेष
रत्ननगर नगरपालिकाका मेयर वनलाई कोराना पुष्टि
०

चितवन,असोज २-
चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना पुष्टि भएको छ । भदौ २८ गते भरतपुरको कोभिड १९ ल्याब मार्फत स्वाब दिएका मेयर वनलाई बिहिवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । उनको स्वाब चितवन मेडिकल कलेजको कोभिड ल्याबमा परिक्षण गरिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । मेयर वनको रिपोर्ट पाँचदिन पछि आएको पौडेलले बताए ।
मेयर वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि गत भदौ २८ गते स्वाब दिएका थिए । कोरोना विरुद्धको अभियानमा लड्ने क्रममा उनलाई कारोना पुष्टि भएको हो । स्वाव दिने बेलामा केही लक्षण देखिएको भएपनि अहिले स्वस्थ्य अवस्था सामान्य रहेको मेयर वनले नारायणी अनलाइनलाई बताए । उनी घरकै आइसोलेसनमा बसिरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























