चितवन विशेष
भोलिदेखि दोस्रो युवा उद्यमी सम्मेलन हुँदै

चितवन, असोज १–
चितवनमा भोलि (शुक्रबार)देखि दोस्रो युवा उद्यमी सम्मेलन हुँदैछ ।
तिम्रो कवाडीवालाको आयोजनामा बिहीबार र शुक्रबार भर्चुल माध्यमबाट युवा उद्यमी सम्मेलन गर्न लागिएको हो । सो सम्मेलनमा २ प्रमुख वक्तासहित ८ जना वक्ताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका सौगात तिवारीले जानकारी जानकारी दिए ।
शुक्रबार पहिलो दिन गैरआवासिय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष, सफल व्यवसायी, उद्यमी तथा परोपकारी व्यक्तित्व जीवा लामिछाने र युवा सफल व्यवसायी एवंम परोपकारी व्यक्ति अष्ट्रेलियाका एनआरएनए डिला खरेलले सम्बोधन गर्ने कार्यक्रम छ । एनआरएनएका पूर्व अध्यक्ष लामिछानेले एक हजार भन्दा बढीलाई रोजगारी दिएका छन् । वित्तिय तथा पर्यटन क्षेत्रमा उनको एक अर्ब भन्दा बढीको लगानी रहेको छ । उनी चितवनबासी हुन् । उनले चितवनमा विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेका छन् ।
यस्तै एनआरएनए अष्ट्रेलियाका पूर्व कोषाध्यक्ष एवंम अन्तर्राष्ट्रिय समन्व्य परिषद, लगानी समितिका सल्लाहकार युवा उद्यमी खरेलले एक सय भन्दा बढीलाई रोजगारी दिएका छन् । उनले वित्तिय तथा व्यवसायीक क्षेत्रमा १० करोड भन्दा बढी लगानी गरेका छन् । उनी एक सफल व्यवसायी हुन् । उनले चितवनमा आफू अध्ययन गरेको विद्यालयलगायत थुप्रै क्षेत्रमा सहयोग गर्दै आइरहेका छन् । भरतपुर निवासी खरेल समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।
यस्तै पहिलो दिन भावना श्रेष्ठ र युरल मास्केले पनि आफ्नो प्रस्तुती दिने छन् । युवाहरुको नयाँ सोचलाई व्यवसायिकतामा परिणत गर्न मद्धत पुगोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए । गतवर्षदेखि सुरु भएको यस कार्यक्रम यसपटक पनि निरन्तरता दिइएको हो । यस युवाहरुलाई व्यवसायी र उद्यमी बन्न प्रेरणा प्रदान गर्ने कार्यक्रम संयोजक सुरज घिमिरेले बताए ।
कार्यक्रम नेपाली समय अनुसार दिउँसो १२ बजेदेखि दिउँसो ३ बजेसम्म जुम मार्फत संचालन हुनेछ । यस कार्यक्रममा निःशुल्क सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
























