Breaking News

पछिल्लो २४ घण्टामा थप १२ सय ४६ कोरोना संक्रमित थपिए, १२ सय ४३ निको भए

Banner

काठमाडौं, असोज १-

पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

पछिल्लो २४ घण्टामा थप १२ सय ४३ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।

योसँगै देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>