Breaking News

कुलमानको पुनः नियुक्ति माग्दै युवाहरुको प्रदर्शन, प्रहरीले गर्‍यो लाठी चार्ज

०
Banner

काठमाडौँ, असोज १–

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ । प्रहरीले प्रदर्शनकारीलाई धरपकड गर्ने क्रममा तनाव सिर्जना भएको छ ।

कुलमानको पहिलो कार्यकाल आइतबार सकिएको थियो। सरकारले कुलमानलाई दोर्होयाउने संकेत नदेखिएपछि दबाब दिन दिनहुँजसो प्रदर्शनहरु भइरहेका छन् ।

बिहीबार बिहान बिजुली बजार पुलबाट माइतीघर मण्डला तर्फ मोटरसाइकल र्‍यालीसहित आउँदै गरेको युवा प्रदर्शनकारीलाई प्रहरीले बबरमहलमा तितरवितर पारेको हो । प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको छ । केही घाइते भएका छन् । केहीलाई पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>