Breaking News

कुलमानको पुनः नियुक्ति माग्दै युवाहरुको प्रदर्शन, प्रहरीले गर्‍यो लाठी चार्ज

Banner

काठमाडौँ, असोज १–

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ । प्रहरीले प्रदर्शनकारीलाई धरपकड गर्ने क्रममा तनाव सिर्जना भएको छ ।

कुलमानको पहिलो कार्यकाल आइतबार सकिएको थियो। सरकारले कुलमानलाई दोर्होयाउने संकेत नदेखिएपछि दबाब दिन दिनहुँजसो प्रदर्शनहरु भइरहेका छन् ।

बिहीबार बिहान बिजुली बजार पुलबाट माइतीघर मण्डला तर्फ मोटरसाइकल र्‍यालीसहित आउँदै गरेको युवा प्रदर्शनकारीलाई प्रहरीले बबरमहलमा तितरवितर पारेको हो । प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको छ । केही घाइते भएका छन् । केहीलाई पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>