Breaking News
चितवनमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन, असोज १–
चितवनमा थप चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर र खैरहनी नगरपालिकाका चार जनामा भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका वडा नं.३ र १० का ४३ वर्षीय पुरुष र २१ वर्षीया महिला रहेका छन् । यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं.६ र ११ का २८ र ४० वर्षीया दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको पुरानो मेडिकल कलेज भरतपुर र क्वारेन्टिनबाट स्वाब दिएका थिए ।
भरतपुर प्रयोगशालामा भदौ ३१ गते कुल २९९ नमुना परीक्षण गरिएको थियो । जसमध्ये २९५ नमुनाको रिपोर्ट नेगेटिभ आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























