चितवन विशेष
सर्वेक्षणमा उत्कृष्ट बनेको चितवनको अरोमा कलेजः के-के छन् विशेषता ?

चितवन, भदौं ३१-
भरतपुर महानगरपालिका–१० बालमन्दिर रोडमा रहेको अरोमा कलेज निरन्तर उत्कृष्ट कलेज बन्न सफल भएको छ । गत वर्ष कान्तिपुरको साप्ताहिकले गरेको सर्वेक्षणमा काठमाडौँको बाहिरको पहिलो र नेपाल भरको चौथो उत्कृष्ट कलेजको रुपमा चिनिएको हो । साप्ताहिकले राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको नतिजा सम्बन्धी एक झलक पुस्तकलाई आधार बनाएर सो सर्वेक्षण गरेको हो । कलेजका प्रिन्सिपल शेरबहादुर क्षेत्रीले अघिल्लो वर्षको नतिजामा मात्र कलेजले ९९.५२ प्रतिशत विद्यार्थी उर्तीर्ण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ कलेजमा २०७३ देखि आजसम्म ९७ प्रतिशत भन्दा कम विद्यार्थी उतीर्ण कहिल्यै पनि भएका छैनन् । सबै प्राध्यापकहरुले स्थापना गरेको कलेजमा सबैको मेहनत र पसिनाको प्रतिफल नै यसले प्राप्त गरेको सफलता हो ।’

चितवनमा बढ्दो कोरोना संक्रमण र निरन्तरको लकडाउनको अवस्थामा पनि कक्षा ११ मा विद्यार्थीहरु भर्नाको लागि निरन्तर आउने क्रम बढ्दो छ । बुधबारसम्मको भर्ना दरलाई हेर्ने हो भने पनि कलेजमा गत वर्षको भन्दा कत्ति पनि विद्यार्थी संख्यामा कमी आएको देखिँदैन । कक्षा ११ तर्फ विज्ञान र व्यवस्थापन संकायमा सुरुमा भर्ना भएका विद्यार्थीहरुको अनलाइन कक्षा चलिरहेको छ । कलेज प्रशासनका अनुसार कलेजमा विज्ञानमा ३३६, कम्प्युटर विज्ञानमा ९६, व्यवस्थापनमा बिहानी र दिवा शत्र गरेर ४५० जना विद्यार्थी भर्ना गरिन्छ ।
अमेरिकन इजी क्याम्पस केयर नामको सफ्टवेयर प्रयोग गरेर अनलाइन कक्षा कलेजमा सुरु भइरहेको छ । अझै भर्ना भइरहका विद्यार्थीहरुको अनलाइन कक्षाको व्यवस्थापनपनि सँगसँगै गर्दै जाने कलेजले जनाएको छ । कलेजले निरन्तर पाइरहेको सफलता, वैज्ञानिक र व्यवहारिक शिक्षा नै विद्यार्थीको रोजाइका प्रमुख कारणहरु बन्ने गरेका छन् । कलेजका विज्ञान संकायका कार्यक्रम निर्देशक विष्णु खरेलले हरेक शनिबार र बिदाको दिनको पनि उपयोग गरेर विज्ञानतर्फ चिकित्साशास्त्र र इञ्जिनियरिङमा विद्यार्थीहरुको प्रवेश परीक्षाको तयारी गराउँदा उनीहरुको भविष्य सफल बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षकमा निरन्तरको अनुभव र मेहनत, विद्यार्थीमा सिक्ने र जान्ने रहर र अभिभावकले गरेको विश्वास नै अरोमा कलेज सफल हुनुको प्रमुख कारण हुन् ।’

के-के छन् विशेषता ?
२०६६ सालमा स्थापना भएको अरोमा कलेजले २०७३ सालदेखि २०७६ सालसम्म निरन्तर देशकै उत्कृष्ट कलेजको रुपमा उत्कृष्ट नतिजा हासिल गरेको छ । कलेजमा पूर्णकालिन अनुभवी शिक्षकहरु रहँदा विद्यार्थीहरुको निकै राम्रो केयर हुँदै जान्छ भने विद्यार्थीहरुको सिकाइ पनि परिपक्क बन्दै गएको छ । एउटा कक्षामा धेरैमा ४८ जनासम्म विद्यार्थी राखिन्छ । हरेक कक्षा कोठालाई मल्टी मिडिया र प्रोजेक्टरसहित डिजिटल कक्षा कोठामा रुपान्तरण गरिएको छ ।

पढाउनु र परीक्षामा उत्कृष्ट नतिजा ल्याउनु मात्र होइन । विद्यार्थीलाई भोलिको सफल इञ्जिनियर, चिकित्सक, वैज्ञानिक , व्यवस्थापक र खोज अनुसन्धानकर्ता कसरी बनाउने भन्नेमा पनि कलेजको ध्यान केन्द्रित भएको छ । जसअन्तर्गत कलेजमा स्टिम ल्याबको स्थापना गरिएको छ । विज्ञान र गणितका क्षेत्रमा नयाँ खोजी गर्नु ल्याबको प्रमुख उद्देश्य हो । यही ल्याबबाट नै विद्यार्थीहरुले रोबोर्ट र ड्रोन बनाउने जस्ता काम गर्छन् । विज्ञानको क्षेत्रमा हुने विभिन्न खोज र आविश्कारमा विद्यार्थीलाई संलग्न गराउनु ल्याबको मुख्य उद्देश्य हो । अरोमाका विद्यार्थीहरु यही ल्याब मार्फत् विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा पुग्न सफल भएका छन् । अन्तर्राष्ट्रियरुपमा हुने एस्ट्रोइड सर्च क्याम्प मार्फत् भूउपग्रहमार्फत् प्राप्त तथ्यतथ्यांकलाई विश्लेषण गरिन्छ ।
कलेजमा हुने नियमितरुपमा हुने अतिरिक्त क्रियाकलापका कारणले वक्तृत्वकला, हाजिरीजवाफ, वादविवाद प्रतियोगितामा विद्यार्थीहरुले जिल्लास्तरीय र राष्ट्रिय तहका पुरस्कारहरु जित्दै आइरहेका छन् । जसबाट विद्यार्थीहरुमा नेतृत्व गर्ने क्षमताको विकास हुनुका साथै व्यक्तित्व विकासमा पनि सहयोग पुगेको छ । होटल व्यवस्थापनका विद्यार्थीहरुलाई पाँच तारे होटलको अवलोकन भ्रमण गराउने देखि छोटा भ्रमणहरु कलेजले हरेक वर्ष नियमितरुपमा गर्दै आइरहेको छ । कलेजले नियमितरुपमा कार्यशाला सञ्चालन पनि गर्दै आइरहेको छ ।

कलेजमा धेरै भन्दा धेरै विद्यार्थीहरुले अध्ययन गर्न चाहनुको अर्को महत्वपूर्ण कारण भनेको कलेजको सहज यातायातको व्यवस्थापन पनि हो । कलेजबाट विभिन्न ठाउँका विद्यार्थीहरुलाई सजिलो होस् भनेर १८ वटा ठूला बस सञ्चालनमा आएका छन् । पूर्व चितवनको भण्डारा, पश्चिममा मेघौली देखि नवलपरासी पूर्वको डण्डासम्म बस सञ्चालन हुने गर्छ । समयमा सुरक्षितरुपमा विद्यार्थीहरु कलेज आउने र जाने गर्छन् । विज्ञान र व्यवस्थापन संकायलाई कलेजले छुट्टाछुट्टै भवनमा सञ्चालन पनि गर्दै आइरहेको छ ।
कलेज सफलताको अर्को महत्वपूर्ण सुत्र भनेको विद्यार्थीले पालन गनुपर्ने अनुशासनका नियमहरु पनि हुन् । थोरै मात्र कुनै बदमासी ग¥यो भने कलेजले सहन सक्दैन । अनुशासनमा कुनै सम्झौता नगर्ने कलेजले बताउँदै आइरहेको छ । कुनै विद्यार्थी कलेज आएको नआएको अभिभावकलाई फोन गरिन्छ भने विद्यार्थीले प्राप्त गरेको नतिजा पनि अभिभावकको नै मोबाइलमा जाने व्यवस्था पनि कलेजले गरेको छ ।
























