Breaking News

चितवनमा भोलिदेखि यसरी चलाउन पाइन्छ सार्वजनिक सवारी साधन

०
Banner

चितवन, भदौ ३१–

सरकारले गरेको निर्णय अनुसार नै चितवनमा भोलि (बिहीबार)देखी छोटो तथा लामो दुरीका सार्वजनिक सवारी साधनहरु संचालन हुँदैछन् । यसका लागि जिल्ला प्रशासन कार्यालय चितवनले मापदण्ड तयार पारेको छ । ती मापदण्ड पालना गरि मात्रै यातायात संचालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइनले जानकारी दिनुभयो ।

महिनाको जोर गतेका दिन जोर नम्बरका र बिजोर गतेका बिजोर नम्बरका निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधनहरु संचालन गर्न पाउने छ । त्यस बाहेक अन्य सवारी साधन संचालनमा पूर्णरुपमा रोक लगाइएको छ ।

यसका लागि प्रशासनले अर्को मापदण्ड पनि बनाएको छ । यसरी सार्वजनिक सवारी साधनमा खटिने चालक र सह–चालकको नियमित स्वास्थ्य जाँच तथा कम्तिमा महिनामा एक पटक आरटी पीसीआर परीक्षण गर्नुपर्नेछ ।

सार्वजनिक यातायातले पालन गर्नुपर्ने मापदण्डः

जिल्ला प्रशासन कार्यालयले तोकेका मापदण्ड अनुसार अटो रिक्सामा बढीमा २ जना, म्याजिक भ्यानमा बढीमा ५ जना र अन्य सवारी साधनमा कुल सिट क्षमताको आधा संख्या मात्रै यात्रु चढाउन पाउने छन् ।

ठूला सवारी साधनमा सिटको दायाँ तथा बायाँ तर्फको लहरमा एक÷एक जना मात्र यात्रु राखेको हुनुपर्नेछ । चालक र सहचालकले अनिवार्य रुपमा मास्क प्रयोग गरेको हुनुपर्नेछ ।

सह–चालकले पञ्जा तथा भाइजर अनिवार्य लगाएको हुनुपर्ने, सवारी साधनको ढोकामै स्यानिटाइजर राखेको हुनुपर्ने र सवारी साधन दैनिक रुपमा निसंक्रमित गरेको हुनुपर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>