Breaking News

चितवनमा कोरोना भाइरस संक्रमितको संख्या १३ सय नाघ्यो

Banner

चितवन, भदौ ३०–

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १३ सय नाघेको छ । जिल्ला स्वास्थय कार्यालय चितवनका अनुसार आज (बुधबार) दिउँसोसम्ममा कुल संक्रमितको संख्या एक हजार ३०७ पुगेको छ ।

जसमध्ये सबैभन्दा बढी संक्रमित भरतपुर महानगरपालिकामा रहेका छन् । यहाँ कुल संक्रमितको संख्या ८८७ रहेको छ । जसमध्ये ३४१ जना होम आइसोलेसन र ६६७ जना आइसोलेसनमा रहेका छन् । यस्तै रत्ननगर नगरपालिकामा संक्रमितको संख्या १३८ रहेको छ । यहाँ ४८ जना होम आइसोलेसनमा रहेका छन् भने ११६ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै राप्ती नगरपालिकामा संक्रमितको संख्या ९९ रहेको छ । जसमध्ये १४ जना होम आइसोलेसन र २४ जना सार्वजनिक आइसोलेसनमा छन् ।

यस्तै खैरहनी नगरपालिकामा संक्रमितको संख्या ६६ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये ३२ जना होम आइसोलेसन र ४४ जना सार्वजनिक आइसोलेसनमा रहेका छन् ।

त्यसैगरि माडी नगरपालिकामा संक्रमितको संख्या ५३ रहेको छ । ३ जना होम आइसोलेसन र ४ जना सार्वजनिक आइसोलेसनमा रहेका छन् ।

यस्तै कालिका नगरपालिकामा संक्रमितको संख्या ५२ रहेको छ । जसमध्ये ४० जना होम आइसोलेसन र ४७ जना आइसोलेसनमा रहेका छन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना हालसम्म संक्रमितको संख्या १२ जना रहेका छन् । जसमध्ये ५ जना होम आइसोलेसन र ९ जना सार्वजनिक आइसोलेसनमा रहेका छन् ।

कोरोनाबाट १७ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट चितवनका १७ जनाको मृत्यु भएको छ । जसमध्ये भरतपुर महानगरपालिकाका १०, रत्ननगर नगरपालिकाका ३, खैरहनी र राप्ती नगरपालिकाका २÷२ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>