Breaking News
पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ६८ निको भए
०

काठमाडौं, भदौ ३१
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४१ हजार ७०० पुगेको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























