Breaking News
भारतमा कोरोनाबाट अहिलेसम्म ८२ हजारको मृत्यु, संक्रमितको संख्या ५० लाख नाघ्यो
०

काठमाडौँ,भदौ ३१-
छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५० लाख नाघेको हो ।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १२ सय ९० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८२ हजार ६६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९० हजार १२३ जना संक्रमित पुष्टि भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । भारतमा कुल संक्रमित ५० लाख २० हजार ३६० पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























