Breaking News
चितवनमा भोलीदेखि जोर विजोर प्रणाली लागु हुने, १० देखि ५ बजेसम्म सबै पसल खुल्ने

चितवन,भदौ ३१-
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा आज सकिदैछ । भोलीदेखि केही परिमार्जन सहित निषेधाज्ञा खुकुलो बनाउने प्रशासनको तयारी छ । भोली असोज १ गतेदेखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय चितवनले नयाँ आदेश जारी गर्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जानकारी दिनुभयो ।
उहाँले भोली देखि निजी सवारी साधान जोर विजोेर प्रणालीमा संचालन गर्न दिने तयारीमा रहेको बताउनुभयो । चितवनमा सार्वजानिक सवारी साधन सञ्चालनका बिषयमा के गर्ने भन्ने बिषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । जिल्लामा कोरोनाको जोखिम अवस्था अध्ययन गरी निर्णय लिनुपर्ने भएकोले आफुले वुझिरहेको प्रजिअ भट्टराईले बताउनुभयो । स्वास्थ्य सावधानी अपनाउने विषयमा भने प्रशासनले कडाइ गर्ने उहाँको भनाइ छ ।
‘भोली देखि चितवनमा गर्न नपाउने/नमिल्ने कामको विवरण कम हुन्छ’ उहाँले भन्नुभयो, ‘अतीआवश्यक भन्दा बाहेकका पसललाई विहान १० बजेदेखि ५ वजेसम्म खोल्न मिल्नेगरी निर्णय गर्दैछौं ।’ यस्तै धार्मिक, सांस्कृति कार्यक्रम गर्न, बिहे, ब्रतबन्ध जस्ता सामाजिक काम गर्न र अन्य भेला जमघट हुनलाई केही समय रोक्ने प्रशासनको तयारी रहेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ३१ गते राती १२ बजेसम्मको लागि केही खुकुलो बनाई निषेधज्ञा लगाएको थियो । चितवनमा साउन ३२ गतेबाट निषेधज्ञा लगाइएको हो ।
























