Breaking News
नारायणगढ–मुग्लिन सडक खण्डमा फेरि खस्यो पहिरो, बाटो खुल्न अझै समय लाग्ने
०

चितवन, भदौ ३१–
चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः पहिरो खसेको छ ।
चार किलो र चोरखोलाको बीच भागमा पहिरो खसेपछि विहान ६ बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनले पहिरो हटाउने काम भइरहेको बताए ।
माथिबाट अझै लेदो खस्ने क्रम जारी रहेकोले पहिरो हटाउन समस्या भइरहेको उनले बताए । मंगलबार दिउँसोसम्म पनि सोही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























